प्रधानमन्त्रीसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्षको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेको छ।

अध्यक्ष जेरी बटिमारको टोली आज बिहान बालुवाटार पुगेको थियो। भेटमा आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *