रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताउँदै नाउपाका अध्यक्ष चौधरीले उक्त निर्णयको पत्र उनलाई पठाइएको बताए । नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *