किसान बहुउद्देश्यीय सहकारीको २९औं वार्षिक साधारणसभा

किसान बहुउद्देश्यीय सहकारी संस्थाले २९औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद शाहको अध्यक्षतामा एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले सहकारी अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको बताउँदै सहकारीलाई उत्पादन र उत्पादकत्वसँग जोड्न सकेमात्रै सरकारले लिएको समृद्ध नेपालको संकल्प पूरा गर्न सकिने उल्लेख गरिन् ।

सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन, संस्थाहरु सहकारी मुल्य मान्यतामा रहेर अनुशासित हुन आवश्यक रहेको उनले औंल्याइन् । संस्थाका अध्यक्ष शाहले सामान्य पुँजीबाट शुरु भएको संस्थाले हाल ६ जिल्लाका ४१ सेवाकेन्द्रमार्फत् २९१ कर्मचारीबाट सदस्यलाई सेवा प्रदान गरिरहेको जानकारी दिए । गत आर्थिक वर्ष २०७९।०८० मा संस्थाको कुल कारोबार रु। ४ अर्ब ९३ करोड ७८ लाख ४२ हजार पुगेको उनले बताए । गत आर्थिक वर्षमा संस्थाले १३ करोड ३१ लाख ४२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले शुसासनमा नरहेका सहकारीमा अहिले समस्या देखिएको औंल्याउँदै किसान बहुउद्देश्यीय सहकारी सुशासनमा रहेकोले प्रगतिको बाटोमा अघि लम्केको जनाए । २०५२ सालमा कैलालीको लम्कीमा मुख्य कार्यालय रहने गरी स्थानीय २५ जनाले ६० हजार ३ सय शेयर पुँजी संकलन स्थापना गरेको संस्थाको चुक्ता शेयर पूँजी ३१ करोड २४ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *