बागमती प्रदेश बिरुद्द आर्मी क्लब ३ विकेटले पराजित

काठमाडौँ । बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

आर्मीले दिएको ९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि बागमतीका सुर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिंग लाइन धारासायी भएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको आर्मी २७.१ ओभरमा अलआउट हुदै ९७ रन मात्र बनाएको थियो । बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्बाधिक २८ रन बनाए भने भिम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए । यो बागमती प्रदेशको जारी प्रतियोगितामा दोस्रो जित हो । ४ खेलमा २ जित र २ हारसहित बागमतीको ४ अंक भएको छ । त्यस्तै आर्मीको भने यो दोस्रो खेलमा पहिलो हार हो ।

अब आर्मीले अर्को खेल विहिबार कोशी प्रदेशविरुद्ध खेल्ने छ भने बागमती प्रदेशले शुक्रबार कोशी प्रदेशविरुद्ध नै खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *