मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने ९ जना गिरोह पक्राउ

काठमाडौं । स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले गिरोहलाई पक्राउ गरेको हो । काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको काठमाडौं प्रहरी पपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गिरोहका सदस्यहरुले ब्राण्डेड रक्सीको बोतलमा केमिकल र सस्तो रक्सी मिसाउने गरेको खुलेको छ । त्यसरी तयार पारिएको रक्सी उनीहरुले काठमाडौंका विभिन्न होटल र रेष्टुरेन्टमा बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।

पत्रकार सम्मेलनमार्फत गिरोहलाई सार्वजनिक गर्दै उनीहरूबाट नक्कली मदिरासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *