मेलम्चीको पानीमा सधै राजनीति कहिलेसम्म ?

मेलम्ची खानेपानी प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः उद्घघाटन गरेर काठमाडौ उपत्यकामा खानेपानी वितरण भएको डंका पिटे । मेलम्चि खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा छोटो समयलाइ खानेपानी वितरण सुरु त गरेको छ त्यो पनि केही महिनालाईन अस्थाई मात्रै हो । मेलम्चि खानेपानी आयोजनाको दिगोपनमा सधै प्रश्न उठिरहेको छ । अरबौ अरब खर्च भएर पनि नियमित रुपमानखानेपानी वितरण गर्न्न सरकार किन सक्तैन ? जहिले पनि झारा टार्ने जुक्ति निकालेर जनतालाई गुमराहमा पार्ने काम मात्रै हुनेगरेको छ । उचित भू–वैज्ञानिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी आयोजना सुरु गरिएको थियोे भनेर अहिले प्रस्ट भाईरहेको छ । मेलम्चि खानेपानी आयोजनाको पानीको स्रोत भौगोलिक रूपमा अप्ठ्यारो क्षेत्रमा पर्ने भएकाले भूकम्प र पहिरोको उच्च जोखिम रहेको भू–विज्ञानीहरुले औल्याउँदा पनि सरकारको हेपाह प्रवृत्तिले आयोजना सधै कमजोर बनिरहयो । आयोजनाको पूर्वाधार निर्माण गर्दा अहिले देखापरेका यावत पक्षहरूलाई सम्बन्धित निकायले पहिल्यै ध्यान दिएको भए अहिलेको समस्या काठमाडौबासीले भोग्नु पर्ने थिएन । पूर्वाधार निर्माण गर्दा अहिले देखापरेका समस्यालाई समाधान गर्नेगरि काम गरेको भए अहिलेको अवस्था आउने थिएन । आयोजनाले भोग्नु परेको बाढी र पहिरोबाट भएका ठूलो क्षति भोग्नुपर्ने थिएन । त्यसैगरी, आयोजना आफैं धेरै ढिलो सम्पन्न भएकोले आयोजना निकै महँगो हुन पुग्यो । यो ढिलाइमा राजनीतिज्ञ लगायत विभिन्न स्वार्थ समूहको भूमिकाले ठूलो भुमिका खेल्न पुग्यो । यस अर्थमा मेलम्ची खानेपानी आयोजनालाई नेपाल सरकारले अहिलेसम्म सम्पन्न भएको असफल आयोजना हो भनेर मान्नुपर्छ ।
मेलम्ची खानेपानी आयोजनाको निमार्णका लागि नेपाल सरकारले एसियन डेबलप्मेण्ट बैकको ६२ अर्ब भन्दा बडी ऋणको पैसा खर्च गरिसकेका छ । यद्यपि, मेलम्चि आयोजनाले आगामी दिनमा काठमाडौं उपत्यकामा खानेपानी भरपर्दो रूपमा आपूर्ति गर्न सक्षम हुनेछ भन्ने कुरामा कुनै ग्यारेन्टी छैन । सरकारी निकायहरूले विभिन्न ठूला पूर्वाधार परियोजनाहरूको लागि तयारी गरिरहेको बेला मेलम्चि आयोजनाको अनुभवले समान प्रकृतिको भविष्यमा अन्य परिआयोजना निमार्ण गर्नुपर्दा मेलम्ची खानेपानी आयोजनाको असफलतालाई राम्रो पाठको रूपमा लिन सक्नु पर्छ । मेलम्ची खानेपानी आयोजनाको अनुभवले आयोजनाको निर्माण स्थल सम्भाव्य छ भनी सुनिश्चित गर्न भौगर्भिक लगायतका पर्याप्त अनुसन्धान हुनुपर्छ भन्ने स्पष्ट पारेको छ । यसले यस प्रकारको परियोजनाको अवधारणा र कार्यान्वयन गर्दा पर्याप्त अनुसन्धान र आवश्यक गृहकार्यको आवश्यकतालाई हृदयङ्गम गरेको छ । आयोजना सुरु हुनु अघि नै यस्ता मुलभुत विषयबस्तु प्रति गम्बिरताका साथ आयोजनाको अनुमानित समय र कति लागतमा सम्पन्न हुने मात्र होइन, बाढी, पहिरो र भूकम्पले समेत आयोजनालाई बाधा नपर्ने कुरा सुनिश्चित गर्नुपर्नेमा त्यसो नगरिदा अहिले काठमाडौबासीले दुःख पाउनु परिरहेको छ । कुनै पनि नयाँ ठूला परियोजनाहरू प्रारम्भ गर्नु अघि सम्बन्धित सबै नीति निर्माताहरूले यी पक्षहरूमा ध्यान दिन अत्यावश्यक छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची आयोजना असफल सिद्ध हुनबाट जोगाउन बेलैमा सरकारले ध्यान दिनुपर्छ । विभिन्न स्वार्थ समुहको उक्साहटमा परियोजनालाई असफल बनाउने कार्य तुरुन्तै रोकिनुपर्छ । मेलम्ची खानेपानी आयोजना असफल सिद्ध हुन्दैछ । सरकारले बेलैमा ध्यान देओस् । मेलम्चीको पानीमा सधै राजनीति गर्ने परिपाटीको अन्त्य गरि बार्हैमास पानी आपूर्ति गर्ने ब्यवस्था चाँडै गर ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *