शुक्रबार बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

शुक्रबार सुनमा प्रतितोला ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको छ । यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम छ । यस अघि विहिबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य भने आजको दिनमा प्रतितोला पाँच रुपैयाँले बढ्दै एक हजार ३९५ रुपैयाँ कायम छ । यस अघि चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *