फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको अध्यक्षमा न्यौपाने

काठमाण्डौं । जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीहरुको संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको २२औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा रुद्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न एसोसियसनको २२औँ वार्षिक साधारणसभाबाट न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सुरज बन्जाडे पनि निर्विरोध रुपमा चयन भएका छन् । उपाध्यक्षमा भने निर्वाचन भएको छ । ३ उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको हो ।

निर्वाचनमार्फत दीपेन्द्र थापा, ज्ञानेन्द्र प्रसाद दाहाल र जीवन श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा योगेन्द्र पाण्डे सर्वसम्मत चयन हुँदा उपमहासचिवमा निर्मल भट्टराई चयन भएका छन् । सचिवमा शंकर गौतम र कोषाध्यक्षमा अनुप मानन्धर पनि निर्विरोध भएका छन् । साधारणसभाबाट ८ जना कार्यसमिति सदस्य पनि चयन भएका छन् । सदस्यहरुमा विष्णुप्रसाद पौडेल, छविलाल पौडेल, अर्जुनकुमार गौतम, अशोककुमार श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, सुदिप बराल, कुमार न्यौपाने र चोलाप्रसाद पाठक छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *