हिउँदे अधिवेशन चाँडै बोलाउँछौँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेन्डरअनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन् ।

संसदीय समितिका सभापतिहरुसँगको छलफलपछि आइतबार उनले संसदीय समिति क्यालेन्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यवहारिक हुन नसकेको बताए । उनले भने, ‘बाहिरबाट समितिहरुलाई सहयोग प्रदान गर्न विभिन्न दातृ संस्थाहरुले सहयोग गर्न कोसिसहरु वा सहयोगहरु प्राप्त हुन्छ भनेका कुराहरुलाई एकीकृत ढंगबाट समितिहरुलाई चाहिने सहयोग पनि सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ, गर्नुपर्छ भन्ने सुझावहरु पनि आएको छ । क्यालेन्डर बनाएर अघि जाने, संसदीय क्यालेन्डरअनुसार चल्ने कोसिस भएपनि त्यो व्यवहारिक भएको छैन ।’

सभामुख घिमिरेले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए । उनले भने, ‘आउँदो हिउँदे सत्र चाँडै बोलाउने र त्यसको तयारी छिटो सकौं र सरकारलाई भनौं भन्ने भयो । बाँकी रहेका विषय छिटो टुंग्याउनुस् भनेको छु ।’

सभामुख घिमिरेले संसद्‌को महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *