शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ : प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको अभिषेकको अवसरलाई अलौकिक भएको बताएका छन् ।

प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीले भने, “शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ, त्याग, तपस्या र बलिदानपछि हाम्रा भगवान राम आउनु भएकाे छ। भन्न धेरै छ तर मेरो घाँटी रोकिएको छ। मन अझै त्यो क्षणमा छ ।”

उनले भने, “हाम्रा रामलला अब पालमा बस्नुहुने छैन। अब उहाँ ईश्वरीय मन्दिरमा बस्नुहुनेछ। जे भएको छ, त्यो देश र विश्वका कुनाकुनाका रामभक्तहरूले महसुस गर्नेछन् भन्ने मलाई दृढ विश्वास छ। याे अलौकिक छ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *