नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो । नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । तर अन्य कुनै पनि ब्याटरले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् । ६.५ ओभरमा ४३–२ को अवस्थामा रहेको नेपालले कप्तान देव खनाल र विपिनको तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गर्दै राम्रो योगफल बनाएका थिए ।

यता गुलशन झाले ४७ बलमा १८ रन बनाएर आउट भए । उनी तीव्र गतिका बलर खुबैब खलिलको ३ बलमा टप एज लागेर मिडअफमा अरफत मिन्हासबाट क्याच आउट हुन पुगेका थिए । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे २६ रनमा १ छक्का हानेर आउट भए ।

आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाएका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *