कानुनी राज स्थापित गर

मुलुकलाई भ्रष्टाचारको दलदलबाट उम्काउन नसक्ने हो भने पतनको तेज रप्तारलाई नियन्त्रण गर्न सम्भव छैन । र ,नेपालको समृद्धिको फ्रोस्रो नाराले हाम्रो वास्तिविकतालाई छाप्न सक्दैन । सरकारमा जाने वेलामा गरेका वाचा,प्रतिवद्धता र प्रणलाई भुलेर अनेक अनुचित कार्य गर्न नेताहरुप्रति दिनानुदिन बढ्दै गएको अविश्वास अब सीमा नहुने अवस्थामा पुगेको छ । भ्रष्टाचार र वेथिति नभएको कुनै क्षेत्र छैन । प्रत्येक पार्टी ती आकारमा साना वा ठुला जे हुन, तिनको विशेषता नै अनियमिता वन्न पुगेको छ । सुशासन र पारदर्शिताको नारा लाएर जनताको विश्वास जितेका नयाँ दल र तिनका नेताको नाङो चरित्रले त झन युवा पुस्तालाई निराश नै बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामीछाने ठगि प्रकरणले देशको वास्तविक अवस्थाको चित्रण गरेको छ । ठगि , अनियमिता , कानुनको उल्लघन जस्ता घटनाको नाईके लामीछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक बन्दा पोखरा , चितवन , वुटवल र काठमाडौँका सहकारीको अर्वौ रकम अपचलन गरेको घटनालाई अहिले ढाकछोप गर्ने कोशिस जारी छ । त्यसमा उनको पार्टीका स्वर्णिम वाग्ले,अनिलकेशरी शाहजस्ता वित्रिय ज्ञान र अनुभव भएका पात्रहरु नै अग्रसर हुनुले स्थितिलाई थप गम्भिर बनाएको छ । सहकारीको पैसा अपचलन काण्डमा दुई देशको पासपोर्ट काण्डमा पाए झै नै छुट पाउने सम्भावना बलियो बन्दै गएको छ । थाहा थिएन,भनेर उम्कन खोज्ने प्रवृतिलाई सांसदको लेखा समिति अख्तियार , अदालत सबैतिरबाट छुट दिने र वर्तमान सरकारलाई राजनितिक लाभ दिने सम्भावना प्रचुर देखिन्छ । अहिले नेपालको छवि संन्सार कै भ्रष्ट मुलुकको रुपमा बन्न पुगेको छ । गणतन्त्र आएपछि त झन शक्तिको दुरुपयोग गरि कानुन उल्नघन गर्ने प्रवृति तीव्र गतिमा चलेको छ ।
पुराना र स्थापित पार्टीमा हूर्किएको विकृति , नेताको चारित्रिक स्खलन र भ्रष्टाचारमा लिप्त रहने प्रवृतिले छाएको निराशाबाट फाईदा उठाएर संसदमा पुगेको रास्वपाका नेताहरुको नाराबाट जनता क्षणिक रुपमै सहि आर्कर्षित अवश्य नै भएका थिए । तर त्यो आकर्षण पानीको फोका झैँ फुट्यो । अब जनताले लामीछाने र तिनको पार्टीका नेता प्रति बनाएको धारणामा एक्कासि परिर्वतन आएको छ । लामीछाने कै जस्तो चरित्र उपसभामुख इन्दिरा राना , ढाकाकुमार श्रेष्ठ , डोलप्रसाद अर्याल , सांसद सोभिता गौत्तम , शिशिर खनालहरुको प्रष्ट देखिएको छ । राप्रपाले पचासको दशकमा देखाएको चरित्र अहिले रास्वपाले दोहोराएको छ । काग्रेस , एमाले , माओवादीलाई पनि उछिनेर रवि लामीछानेले सामाजिक सञ्जालको दूरुपयोग र पुराना पार्टीबाट निराश भएकाहरुको चरित्रको सदुरुपयोग गरि फाइदा लिइरहेका छन् । मुलुकलाइ अग्रगामी मार्गमा प्रवृत्त गराउने हो भने कानुनलाइ सर्वोपरी ठानेर काम गर्न वर्तमान नेतृत्व तत्पर रहनु पर्छ । सौताको रिसले पोईको काख फोहोर पार्ने प्रवृतिबाट नेपाली युवा पुस्ता मुत्त हुनपर्छ । अहिले राष्टको आर्थिक निती अनुसारको एउटा खम्वा ठानिएको सहकारीलाई नेताहरुले नै धराशायी गराएका रहेछन् भन्ने यथार्थ लामीछाने प्रकरणले प्रष्ट पारेको छ । सत्ता समीकरण परिवतर्न वा सत्ता स्वार्थ कै कारण लामीछानेले यसपटक पनि छुट पाए भने हाम्रो मुलुकको आगामी विकास यात्रा डावाडोल हुने निश्चित छ । यो संकटबाट पार लगाउने हो भने पुराना पार्टीले आफ्नो चरित्र परिवर्तन गर्नुपर्छ , र, त्यो प्रतिवद्धतालाई निष्ठापूर्वक पुरा गर्नुपर्छ । कानुन उल्लंघन गर्ने मन्त्री,नेता,प्रभावशाली ब्यक्ति जो भएपनि कारवाहीको भागिदार हुनुपर्छ । सामाजिक सञ्जालको दुरुपयोगबाट गलत धन्दा गर्नेहरुलाई प्राप्त हुने लाभलाई न्यूनीकरण गरिनु पर्छ । दलहरुले आफ्ना आदर्श, सिद्धान्तलाई परिपालना गर्ने दिशामा फर्कनु पर्छ । घटना कै रुपमा भन्ने हो भने लामीछाने प्रकरणको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्ने र पीडितलाई न्याय दिने काममा सरकार दृढतापूर्वक खडा हुनुपर्छ । त्यसो भयो भने न्याय मरिसकेको छैन भन्ने सन्देश दिन सकिन्छ । र, जनतामा केही आशा जगाउन सकिन्छ ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *