राष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छिन् ।

सो भेटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *