यू-१९ विश्वकप : नेपाललाई अफगानिस्तानले दियो १४६ रनको लक्ष्य

काठमाडौँ । यू-१९ विश्वकप अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

जारी यू-१९ विश्वकप अन्तर्गत समुह डी को समुह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुदै १४५ रन बनाएको थियो । अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।

त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *