आईसीसी यू–१९ विश्वकप : आज नेपाल अफगानिस्तानसँग खेल्दै

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ अन्र्तगत आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्ने समय तालिका रहेको छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । आजको विजेता टोली सुपर सिक्स पुग्ने भएकाले पनि यो खेल दुबै देशको लागि महत्वपुर्ण रहेको छ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् ।

सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *