सन्तोषीले ढाकामा जितिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

काठमाडौं । बंगबन्धु सेख मुजिव ढाका इन्टरनेसनल म्याराथनमा नेपाली धाविका सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।  

पहिलो पटक म्याराथनमा भाग लिएकी सन्तोषीले गत वर्ष पुष्पा भण्डारीले कायम गरेको दुई घन्टा ४८ मिनेट ०२ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । सन्तोषीले निर्धारित दूरी (४२.१९५ किलोमिटर) २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरिन् भने पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गर्दै रजत जितेकी छन् ।

बंगबन्धुमा पुष्पाले यसअघि दुई स्वर्ण र एक कास्य पदक जितेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *