आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा थ्रीस्टार र पारो भिड्दै

पोखरा । आहारारा पोखरा गोल्डकपका आजदेखि २३ औं संस्करणको पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २ १ ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ ।

थ्री स्टारको कप्तानमा योगेश गुरुङ छन् । क्लबकै पूर्व कप्तान विक्रम लामाको प्रशिक्षणमा प्रतिस्पर्धामा होमिएको टिममा विराज महर्जन्, आशिष चापागाईं, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराललगायत छन् । सहारासँगको खेलमा महर्जन भने बेञ्जमा थिए । त्यस्तै, आमन्त्रित क्लब पारो एफसीले आहाराराको नवप्रवेशी क्लब हो । पुष्पलाल शर्माको प्रशिक्षणमा मैदान उत्रिन लागेको हो । आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । र, माघ १७ गते जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एकजनासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *