पर्यटन मन्त्रीद्वारा वायुसेवा निगमको सिनामंगलस्थित भवन शिलान्यास

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवन शिलान्यास गरेका छन् । शनिबार बिहान एक कार्यक्रमका बिच उक्त भवनको शिलान्यास गरिएको हो । सिनामंगलस्थित निगमको जग्गामा प्रधान कार्यालय भवनको विधिपूर्वक शिलान्यास गरिएको छ ।

कार्यक्रममा निगमका पदाधिकारी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सो क्रममा मन्त्री किरातीले आफू पर्यटन मन्त्रालयमा आएदेखि नै निगमको सुधारका लागि विभिन्न कामहरू गरेको सुनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *