भोलिदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं । काठमाडौंको धरहरामा आइतबार भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेवा दिन लागिएको महानगरले उल्लेख गरेको छ ।

यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्कमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ, महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने । सो भवनमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका निम्ति उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडकतर्फ जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *