प्राइम बैंकमा कसको लगानी कति ,उमेश श्रेष्ठ सबैभन्दा ठूला सेयरधनी

काठमाडौं । प्राइम कमर्सियल बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणदास मानन्धर र हालका सीईओ संजीव मानन्धरको पनि लगानी रहेको छ । बैंकका अनुसार पूर्व सीईओ नारायणदास मानन्धरको ४ लाख ८ हजार ४ सय ९१ कित्ता र सीईओ संजीव मानन्धरको ६ लाख १६ हजार ८ सय ६६ कित्ता सेयर स्वामित्व रहेको छ । साथै, बैंकमा १९ जना व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ । जसमध्ये सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १ सय ३७ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, विनोदचन्द्र बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १ सय ४९ कित्ता, कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २ सय ४८ कित्ता, कर्मचारी सञ्चय कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४ सय ३४ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९ सय ८८ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५ सय ११ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, सुन्दरनारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३ सय ८३, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६ सय ३८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६ सय ३७ कित्ता, स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४ सय ८८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३ सय ८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६ सय २१ कित्ता सेयर स्वामित्व छ । यस्तै, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६ सय २० कित्ता, महेश राज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १ सय ८० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३ सय ७५ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८ सय ४७ कित्ता, चिरन्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २ सय २० कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै, बैंकको अध्यक्ष राजेन्द्रदास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदय मोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, नरेन्द्र बज्राचार्यको १३ लाख २० हजार ३ सय ८१ कित्ता, डा. गजेन्द्र बिष्टको १९ हजार १ सय ५९ कित्ता, प्रचण्ड मान श्रेष्ठको १ हजार ८ सय ६५ कित्ता, मनोज पौडेलको १ हजार ८ सय ६५ कित्ता सेयर स्वामित्व छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *