शुभकामना सहकारीको अर्धवार्षिक समीक्षा

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०८०।०८१ को अर्धवार्षिक समीक्षा बागमती प्रदेश सभा सदस्य किरण थापाको प्रमुख आतिथ्यतामा समीक्षा गोष्ठी सम्पन्न भएको छ । संस्थाका संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकारहरु तथा संस्थापकहरु र कर्मचारीहरु गरी ११० जनाको उपस्थितिमा संचालित उक्त कार्यक्रममा संस्थाको गतिविधि र आर्थिक प्रतिवेदन सहितको अर्धवार्षिक बुलेटिन समेत विमोचन गरिएको थियो । संस्थाका उपाध्यक्ष निर्मला सुवालले स्वागत गर्दै चार वर्षीय व्यवसायिक योजनाको आधारमा बनाइएको यस आ.ब.को वार्षिक कार्ययोजनाका समिक्षा गर्ने उद्देश्यले अर्धवार्षिक समिक्षा गोष्ठीको आयोजना गरेको बताइन् । कार्यक्रममा संस्थाका सचिव पुष्पलाल तिमिलाले संस्थाको वार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष नारायण बहादुर बासुकलाले वित्तीय विवरण प्रस्तुत गरेका थिए । जस अनुरुप संस्थाको लक्ष्य र प्रगति बारे छलफल गरिएको थियो ।

त्यसैगरी संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले संस्थाको सम्पूर्ण अवस्थाको बारेमा आफ्नो धारण सहित टिप्पणी प्रस्तुत गरेकी थिइन् । संस्थाले लिएको ४ बर्षीय व्यवसायिक योजना अनुसार ९५ प्रतिशत लक्ष्य हाँसिल गर्न सफल भएको उनले जानकारी दिइन् । त्यसैगरी संस्थाको गत आर्थिक बर्षको असार मसान्तको तुलनामा यस आर्थिक बर्षको पहिलो ६ महिनामा बचत संकलन र ऋण लगानी दुबै बढेको उनले बताइन् । संस्थाको गत आर्थिक बर्षको असार मसान्तमा ९२ करोड बचत रहेको यस आर्थिक् बर्षको पौषसम्ममा १ अर्ब माथी पुगेको छ भने ऋण लगानीमा पनि वृद्धि भएर ९२ करोडबाट ९६ करोड पुगेको छ । संस्थाको यस अवधिमा कुल कारोवारमा वृद्धि भएर १ अर्ब २७ करोडबाट १ अर्ब ३५ करोड पुगेको उनको भनाई छ । संस्थामा गत पौष मसान्तसम्म २९ प्रतिशत तरलता रकम रहेको छ । प्रतिवेदन उपर छलफलको क्रममा संस्थापक विरेन्दमान सैंजु र कृष्ण प्रसाद दुवालले आआफ्नो राय व्यक्त गरेका थिए । मन्तव्यको क्रममा प्रमुख अतिथि किरण थापाले सहकारी मुल्य, मान्यता र नियम संगत ढंगले संचालन भएको हुँदा शुभकामना सहकारी उत्कृष्ट सहकारी हुन सफल भएको बताए।

सुरक्षित तवरले ऋण लगानी गर्दै ईरहेकको शुभकामनाले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा पनि ऋण लगानी गर्न उनको सुझाव छ । सल्लाहकार लक्ष्मीभक्त बासुकलाले अर्धवार्षिक कार्यक्रमको आयोजना गरी संस्थाको वित्तीय विवरण बारे जानकारी गराउनुले संस्थाको आर्थिक गतिविधिमा पारदर्शिता कायम भई सदस्यको विश्वास बढ्ने बताए । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले हाल सहकारीमा समस्या आउनुको प्रमुख कारणहरु मध्ये नियामक निकायको कम्जोरी र लोभी बचतकर्ता रहेको बताए । शुभकामना सहकारी नेफ्स्कुनद्धारा संचालित स्तरीकरण कार्यक्रम अन्र्तगतको एक्सेस कार्यक्रममा सहभागी भई नीति, विधि अन्र्तगत संचालन रहेको र ऋण लगानी गर्दा राम्रोसँग विश्लेषण गरेर मात्र गर्ने गरेको उनको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *