कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनी नन्दलाल सुवेदीको नाममा रहेको एक हजार ८१२ कित्ता र ढाल बहादुर हमालको नाममा रहेको तीन हजार १८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।

सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवेदन पेश गर्नुपर्नेछ । उक्त शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुनेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *