सुपर सिक्समा नेपालले भारत र बंगलादेशको सामना गर्ने

काठमाडौँ । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशको सामना गर्ने छ ।

समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई एक विकेटले पराजित गरेपछि समुह डी मा तेस्रो हुदै सुपरसिक्समा पुगेको हो । यो सगैँ अब सुपर सिक्समा एक देशले दुई खेल मात्र खेल्नु पर्ने छ । सोहि अनुसार नेपालले भारत र बंगलादेश प्रतिद्वन्दी पाउने निश्चित भएको छ ।

तर नेपाल सुपर सिक्सबाट सेमिफाइनल जान भने कठिन बनेको छ जब कि समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नहुँदा सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

सुपर सिक्सको समुह १ मा नेपालले अब जनवरी ३१ मा बंगलादेशको सामना गर्ने छ भने फेब्रुअरी २ मा भारतको सामना गर्ने छ । सुपर सिक्सका खेलपछि शिर्ष २ देश सेमिफाइनलमा पुग्ने छन् । नेपाल २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस ०.८०० हुँदा पाँचौं स्थानमा छ । आयरल्यान्ड २ खेलमा अंकविहीन हुँदै नेटरनरेट माइनस २.२२७ हुँदा पुछारमा छ । अन्य देश भने साथमा सानोतिनो अङक लिएर सुपर सिक्स पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *