उच्च अदालत पाटनका न्यायाधीश मात्तृकाको हृदयघातका कारण निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मात्तृका प्रसाद मरासेनीको हर्टअट्याकका कारण निधन भएको छ ।

मंगलबार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।
उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए।

उनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालतमा हाजिर भएका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *