‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तककाे विमाेचन

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बोलेका सम्बोधन अब किताबमा पढ्न पाइने भएको छ ।

ओलीले विभिन्न समयमा संसद्मा गरेका सम्बोधन समेटिएको ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक आज लोकार्पण भएको छ । सानीमैंया खड्काले लेखेको उक्त पुस्तक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रमकाबीच लोकार्पण गरेकी हुन् । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष अ‍ोली, महासचिव शंकर पोखरेललगायता नेताहरु उपस्थित रहेका थिए ।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसद्को २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *