कामना सेवा विकासको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८ सय ९२ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरको मूल्य न्यूनमत १ सय रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताहरूसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । सो सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *