नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य

काठमाडौँ । नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।

जारी यू-१९ विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो । नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । त्यस्तै अर्जुन खनालले १४ रन बनाएका थिए । नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३,  दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए । त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *