न्यायाधीश भुवन गिरीविरुद्धको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ ।

बुधवार कामु प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।

तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *