माछापुच्छ्रे बैंकद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत ३१० जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको छ । विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्विटर वितरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार कोशी प्रदेश अन्तर्गत उदयपुरको श्री आधारभूत विद्यालय सीवाई बेल्हा, कालीखोलास्थित श्री माध्यमिक विद्यालय र मधेश प्रदेश अन्तर्गत सिरहाको श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकालाई स्विटर वितरण गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *