यू-१९ क्रिकेट विश्वकप : आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सको पहिलो खेलमा मंगलबार भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित हासिल गरिसकेका हुनाले नेपालको सेमिफाइनलको सम्मावना भने सकिएको छ । अब दुवै खेलमा जित हासिल गरेपनि नेपालको सेमिफाइनलको सम्भावना भने लगभग सकिएको छ । 

नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो । आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *