हिमालयन लाइफ इन्स्योरेन्सको आज साधारण सभा

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा आज सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बस्दैछ । कम्पनीले सेयरधनीहरुको लागि लाभांश वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

कम्पनीले सभामा ६ जनामा निर्वाचन पनि गर्ने जनाएको हो । जसअनुसार सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *