भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

काठमाडौँ । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो । भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।

चौथो र पाँचौँ नम्बरका ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेपछि भारतले विशाल योगफल तयार पारेको हो । पाँचौँ नम्बरका ब्याट्सम्यान सचिन दासले केवल एक सय एक बलको सामना गरी तीन छक्का र ११ चौका हिर्काए । भारतले केवल ६२ रनको कुल स्कोरमा आफ्ना तीन ब्याट्सम्यान गुमाएको थियो ।

त्यसपछि सचिन र उदयले भारतीय टोलीको स्कोरलाई दुई सय ७७ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । नेपाली टोलीका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *