आर्मीलाई आहारारा गोल्डकप उपाधी

काठमाडौं । २३औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा पाँचपटकको उपाधि विजेता थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मी पहिलोपल्ट च्याम्पियन बनेको हो ।

आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८औँ, फत्तेमान घलेले ८३औँ मिनेट र वसन्त जिम्बाले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । उपाधिसँगै आर्मीले १२ लाख एक हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेतामा चित्त बुझाएको थ्री स्टारले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्‍यो । सहारा क्लब पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा एक विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *