नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौँ । नेपाल भारतसँग १३२ रनले पराजित भएको छ ।

यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा भारतले नेपाललाई १३२ रनको अन्तरले पराजित गरेको थियो । भारतले दिएको २९८ रनको लक्ष्य पछाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै १६५ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ३३ रन बनाएका थिए भने दुर्गेश गुप्ताले अविजित २९ रन बनाएका थिए । त्यस्तै अर्जुन कुमालले २६, दीपक बोहोराले २२ र आकाश चन्दले अविजित १८ रन बनाएका थिए ।

त्यस्तै भारतका बलर सौम्य पाण्डेले ४ विकेट लिएका थिए भने अर्शिन कुल्कर्नीले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए । योसँगै भारत यू-१९ विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतको ४ खेलमा ८ अंक भएको छ । त्यसैगरी योसँगै नेपालको विश्वकप यात्रा भने समाप्त भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *