आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट बढाउँछौँ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरूलाई पुरस्कार प्रदान गर्दै मन्त्री महतले अरू क्षेत्रको बजेट कम गरेर भए पनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताएका हुन् । उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने बताए । उनले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरू बनाइरहेको बताए ।

उनले भने, ‘क्रिकेटलाई थप प्रोत्साहन गर्न हामी राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरू पनि निर्माण गर्ने निर्णय नेपाल सरकारले गरेको छ । क्रिकेट खेलमा सहभागी खेलाडीहरूलाई पनि हामी अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरू विभिन्न टुर्नामेण्टमा सफल खेलाडी र टिमलाई पनि हामी पुरस्कृत गर्दै आएका छौँ । आउने दिनमा पनि गर्दै जानेछौँ । नेपाल सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ । समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा नेपाललाई पहिचान गराउने महत्त्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ ।

सरकार मन्दीबाट बिस्तारै उत्रिन खौज्दैछ । श्रोत र साधनको सीमितता छ । माग धेरै छ, आवश्यकता धेरै छन् । अरू क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ । त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौँ ।’मन्त्री महतले बताए

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *