चिनियाँ नागरिक ठमेलमा मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेको छ ।

ठमेलको क्वाबहालस्थित नेपालय होम होस्टलमाा चिनियाँ नागरिक बाओ ग्वाङ मृत अवस्थामा भेटिएका हुन् । प्रहरी वृत सोह्र्रखुट्टेका अनुसार ४७ वर्षका ग्वाङ होस्टलको कोठामा मृत अवस्थामा भेटिएका हुन् । माघ १० बाट चिनियाँ नागरिक त्यहाँ बस्दै आएका थिए । चिनियाँ नागरिक सुतेको अवीथामा मृत अवस्थामा फेला परेका थिए ।

उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीका अनुसार उनको मृत्यु हुनुको कुनै पनि संकास्पद देखिएको छैन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *