सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारयता सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

महासंघका अनुसार आज तोलामा ५०० रुपैयाँले घटेको सुनको मूल्य हिजो सोमबार ४०० रुपैयाँ र आइतबार ६०० रुपैयाँले घटेको थियो । आज तोलामा ५०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।

सुनसँगै चाँदीको मूल्य समेत पछिल्लो तीन कारोबार दिनयता घट्दो अवस्थामा छ । आइतबार तोलामा २० रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले आज १५ रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *