अध्यागमन अधिकृत खड्कासहित चारजना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो । कारागार चलान हुनेमा अधिकृत खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाल रहेका छन् । अदालतले अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीहरूमाथि नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने गिरोहसँग मिलेको आरोप लागेको छ ।

प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो । अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत खड्का पक्राउ परेका थिए । २६ मंसिरमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीको समेत संलग्नता खुलेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *