आजबाट ‘भ्यालेन्टाइन डे’ सप्ताह सुरु, आज ‘रोज डे’ मनाईदै

काठमाडौं । आजबाट ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस सप्ताह सुरु भएको छ ।

हरेक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने ‘भ्यालेन्टाइन डे’ सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रूपमा मनाइन्छ । आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरूप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ ।

‘भ्यालेन्टाइन डे’ अन्तर्गत फेब्रुअरी ७ मा ‘रोज डे’, फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा ‘चकलेट डे’, फेब्रुअरी १० मा ‘टेडी डे’, फेब्रुअरी ११ मा ‘प्रमिस डे’, फेब्रुअरी १२ मा ‘हग डे’, फेब्रुअरी १३ मा ‘किस डे’, फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ पर्छ ।

बिदेशि मुलुकहरुमा मनाईने उक्त सप्ताह पछिल्लो समय नेपालमा पनि मनाइने गरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *