नेपालले तेस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका हुन् । भुर्तेललाई क्यानडाका बलर साद बिन जाफरले आउट गरेका हुन् । यसअघि ओपनर आसिफ सेख र कप्तान रोहित पौडेलले ८-८ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेलसम्म नेपालले २२ ओभरमा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *