कोशीमा मन्त्रिपरिषद विस्तार, चार मन्त्री र दुई राज्यमन्त्री थपिए

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा चार मन्त्री र दुई राज्यमन्त्री थपेका हुन् ।  योसँगै प्रदेश मन्त्रिपरिषद सदस्यको संख्या १० पुगेको छ ।

मन्त्रिपरिषदमा अब कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, तथा माओवादीबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट एक मन्त्री रहेका छन् ।  यसअघि मुख्यमन्त्री कार्की, भौतिक पूर्वाधार मन्त्री कमल जवेगु (नेकपा एस), वन तथा पर्यटन मन्त्री गणेश उप्रेती (माओवादी केन्द्र) र आन्तरिक मामिलामन्त्री शमसेर राई (कांग्रेस) मन्त्री थिए । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसबाट दुई जना मन्त्री र दुई राज्यमन्त्रीलाई आज नियुक्त गरेका छन्। 

जसमा प्रदीप सुनुवार स्वास्थ्यमन्त्री, रामकुमार खत्री उद्योगमन्त्री बनेका छन् भने इन्दिरा थापा आर्थिक मामिला राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला राज्यमन्त्री बनेका छन् ।  त्यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कार्की सामाजिक विकास मन्त्री र नारायणबहादुर मगर खानेपानी तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् । 

शुक्रबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ समेत गराएका छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *