टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा।लि।ले भ्यालेन्टाइन स्पेसल ‘एक्सचेञ्ज विथलव’ कार्यक्रमको आयोजना गरेको छ । आजबाट तीन दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट गरेर टाटाका प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायत गाडीहरु साट्न सकिनेछ । ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीप्रतिको रुचिलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, भक्तपुरको राधेराधे, वेष्टर्न मोटर्स् महाराजगञ्ज र जे.बि. मोटर्स् बालकुमारीका साथै उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगञ्ज, नारायणघाटमा रहेको एसएच मोटर्सलगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो । यस अफरमा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आईफोन १५ प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *