सानिमा जिआईसीको नाफा २१ प्रतिशत र बीमा शुल्क ३३ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३ प्रतिशत बढेर २९ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १३ करोड ७१ लाख रुपैयाँ गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमिसन १ करोड ३४ लाख रुपैयाँ, कर्मचारी खर्च १७ करोड १६ लाख रुपैयाँ गरेको छ । कम्पनीको दीर्घकालिन लगानी १५ करोड ५१ लाख रुपैयाँ छ भने सर्टटर्म लगानी ३ अर्ब १ करोड रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड २९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ १३ करोड ७५ लाख रुपैयाँ, अन्य इक्विटी ५८ करोड ९१ लाख रुपैयाँ र निर्जीवन बीमा कोषमा ४ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.२७ रुपैयाँ बढेर १०.५६ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १३७.९८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०।५६ गुणा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *