हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *