राज्य व्यवस्था सुशासन समितिमा गृहमन्त्रीलाई सभापति लामिछानेको प्रश्नैप्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्रीलाई प्रश्नैप्रश्नले घेरेका छन् ।

आज (आइतबार) राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बिभिन्न विषयलाई लिएर गृहमन्त्री श्रेष्ठलाई घेर्ने कोसिश गरेका हुन् । उनले बाँसवारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भन्दै प्रश्न गरेका थिए । साथै अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनि प्रश्न गरे ।

उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापाबारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्नसमेत गरे । त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे। उनले भने ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो । जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरु मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ? ’

उनले गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रसम्बन्धमा आफूले गरेको निर्णयका विषयमा पनि गृहमन्त्री श्रेष्ठलाई प्रश्न सोधेका छन् । उनले त्यो निर्णय खारेज हुनुको कारण पनि सोधेका थिए । उनको निर्णय कानुनविपरीत भएको तथ्यसहित विवादित बनेको पृृष्ठभूमिमा उनीपछिका मन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा मन्त्रिपरिषदबाट खारेज गरेका थिए ।

त्यसपछि लामिछानेले प्रश्न गरे, ‘त्यो समितिले रिपोर्ट बुझायो कि बुझाएन ? सार्वजनिक किन गर्नुभएन ? त्यत्रो राष्ट्रघात भएको कुन विदेशी कम्पनी थियो ? जनतालाई जानकारी गराउनु पर्दैन ?’

जवाफमा गृहमन्त्री श्रेष्ठले निर्णय गैरकानुनी भएकाले खारेज भएको बताए । उनले नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा पाइभेट कम्पनीलाई दिने वा नदिने भन्ने प्रश्न जोडिएको बताए । गतवर्ष पुसमा उपप्रधान तथा गृहमन्त्री भएलगत्तै लामिछानेले रुजु गर्ने काम निजी कम्पनीलाई दिने कार्यविधिसम्बन्धी निर्णय लिएका थिए ।

यस्ता छन् समिति बैठकमा बहालवाला गृहमन्त्री श्रेष्ठसँग लामिाछनेले राखेका प्रश्नहरु बुँदागत

– रामबहादुर थापा बादलका छोरा प्रतीककोबारे के छ अपडेट ?

– इन्द्रजित राईका छोरा निरजकोबारे के छ अपडेट ?

– उनीहरूको अवस्था के हो रुनैनकला थापाको बारे के भयो ?

– बाँसबारी छाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीबारे के हो ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *