हिमालयन रिले ८० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्‍याउन कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्‍याउन सर्कुलर जारी गरेको थियो । पुँजी वृद्धिको योजना पेस गर्न १५ दिनभित्र योजना पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो । सोही बमोजिम हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी पुर्‍याउने योजना बनाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्‍याउने योजना कम्पनीको छ । कम्पनीले हकप्रद सेयर निष्काशन र लाभांश प्रस्ताव पारित गर्न फागुन २० गते राष्ट्रिय सभा गृह काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट रिक्त पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *