नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य

काठमाडौँ । क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९,  श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए । अब केहिसमयमा नेपालि ब्याटर ब्याटिंग गर्न आउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *