राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन)मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे ।

उनले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *