हिमालयन लाइफको बीमा शुल्क आर्जन ८ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ८.२४ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशत बढेर ७ अर्ब ८९ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ९ अर्ब २० करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कमिसन खर्चमा ६५ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ ।

गत वर्ष ७१ करोड ३६ लाख रुपैयाँ कमिसनमा खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ गरेको छ भने कुल खर्च १० अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो भने कुल खर्च ९ अर्ब ६५ करोड रुपैयाँ थियो । कम्पनीको सेयर क्यापिटल ८ अर्ब २ करोड रुपैयाँ, महाविपत्ती कोषमा ४८ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ, अन्य इक्विटी ७ करोड २२ लाख रुपैयाँ र निर्जीवन बीमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९ गुणा र प्रतिसेयर नेटवर्थ १२३.१३ रुपैयाँ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *