एनआईएमबि बैंकको ४ अर्ब ४ करोडको ऋणपत्र बिक्री खुला

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज फागुन १ गतेदेखि ४ अर्ब ४ करोडको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार इकाई ऋणपत्र निष्काशन गरेको हो । कुल ऋणपत्र मध्ये १६ लाख १६ हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ।

सो मध्येबाट पनि ८० हजार ८ सय कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको २४ लाख २४ हजार इकाई बैंकले व्यक्तिगत तबरमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको आवेदन दिनु पर्ने छ । यस निष्काशनमा छिटोमा फागुन ४ गतेसम्म र सो समय भित्र पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त ऋणपत्रको अवधि दश वर्षको हुनेछ भने ऋणपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *